Daily Archives: 27/12/2020

श्रम स्वीकृति नवीकरण अनलाइनमार्फत


होम कार्की
काठमाडौँ — वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले श्रम स्वीकृति नवीकरण अब अनलाइनबाटै गराउन पाउने भएका छन् । यसको व्यवस्था वैदेशिक रोजगार विभागले मिलाएको हो । यो सुविधाका कारण जहाँसुकै रहेका नेपालीले श्रम स्वीकृति नवीकरण गर्नका लागि नेपाल आउनैपर्ने बाध्यकारी अवस्था हट्ने छ । विदेशमा रहेका नेपालीले विदेशबाटै श्रम स्वीकृति नवीकरण गर्न पाइने भएपछि दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका हुन् । कोभिड–१९ को महामारी सुरु भएपछि श्रम स्वीकृति नवीकरणका लागि स्वदेश फर्किन पाएका थिएनन् । विभागका अनुसार केही दिनभित्रै अनलाइनको नयाँ प्रणाली कार्यान्वयनमा आउनेछ । ‘अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गर्ने तयारी लगभग पूरा भएको छ । आइतबार हाम्रो सबै काम हुन्छ । सोमबार वा मंगलबारदेखि कार्यान्वयनमा ल्याउने योजना छ,’ विभागका एक अधिकारीले भने । पढ्नेक्रम जारी राख्नुहोस्

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता


देवनारायण साह
विराटनगर — प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । उक्त समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । ‍‍‍प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी छन् । उक्त समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ । संसदीय दलको चुनावमा २६ मत ल्याएका राईले आचार्यलाई दुई मतले हराएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्