काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ बुधबार सुरु भएको छ। राणाले आफ्नै इजालसमा सुनुवाइका लागि पेसी तोकेका हुन्। विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ थान रिट निवेदन दायार भएका छन्। नेकपाका सांसदहरूले दिएको निवेदनसहित सबै रिटमा एकैपटक सुनुवाइ हुन लागेको हो। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसहितका सांसदहरू मंगलबार सर्वोच्च पुगेर विघटनविरुद्ध रिट दिएका थिए। (अन्नपूर्ण )
संसद् विघटनविरुद्धका रिटउपर प्रधानन्यायाधीशको एकल इजालसमा प्रारम्भिक सुनुवाइ
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.