८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/12/2020
संसद विघटनको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन
Posted in नेपाल समाचार
संसद् विघटनविरुद्धका रिटउपर प्रधानन्यायाधीशको एकल इजालसमा प्रारम्भिक सुनुवाइ
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ बुधबार सुरु भएको छ। राणाले आफ्नै इजालसमा सुनुवाइका लागि पेसी तोकेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कांग्रेसभित्रै मतान्तर- निर्वाचन कि पुनःस्थापना ?
देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर
कुलचन्द्र न्यौपाने
काठमाडौँ — संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष कांग्रेसभित्र दुई थरी विचार प्र्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिनतिर केन्द्रित हुने भन्नेमा मत बाझिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार