Daily Archives: 22/12/2020

बाइडेनले कोरोनाविरुद्धको खोप लगाए


 अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । समाचार स‌ंस्था रोयटर्सका अनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खोप लगाएका हुन् । उनले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप लगाएका हुन् । अमेरिकामा यसअघि नै फाइजरको खोप लगाउन सुरु गरिसकिएको छ । बाइडेनले खोप सुरक्षित रहेको सन्देश दिन खोप लगाउने निर्णयमा पुगेको जनाए । बाइडेनले सामाजिक सञ्जालमार्फत आफूले कोरोना खोप लगाएको जानकारी दिँदै लगातारको मेहनतपछि खोप निर्माण गर्ने वैज्ञानिक र अनुसन्धानकर्मीलाई समेत धन्यवाद दिएका छन् । साथै उनले अमेरिकी नागरिकलाई चिन्ता नलिन आग्रह गर्दै कोरोना खोप उपलब्ध भएपछि लगाउन पनि अनुरोध गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

ओली समूहको केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु, पूर्व माओवादीका टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी


काठमाडौँ : नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन्। स्रोतका अनुसार पार्टीको केन्द्रिय समितिमा सदस्य थप गर्ने अध्यक्ष ओलीको तयारी रहेको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यलाई कारबाही गरेर सो स्थानमा सदस्य थप गर्ने तयारी भएको हो। नयाँ सदस्य बालुवाटारमा बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एक नेताले जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

ओलीको कदमविरुद्ध तीन दलको संयुक्त प्रतिवाद


खगेन्द्र भण्डारी
काठमाडौं : सत्तारुढ दल नेकपासहित तीन दलले सरकारविरुद्ध संयुक्त प्रतिवादका कार्यक्रम ल्याउने निर्णय गरेका छन्। सानेपामा सोमबार बसेको नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीको बैठकले सरकारविरुद्ध संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो। तीन वटै दलले सरकारको कदम’bout छलफल गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाएका छन्।  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सबै दल एक भएर प्रतिवाद गर्ने निर्णय भएको बताए। ‘संसद् विघटन गर्ने सरकारको कदम संविधानको मर्म र भावनाविपरीत भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भने, ‘सरकारको अलोकतान्त्रिक र असंसदीय कदमविरुद्ध साझा कार्यक्रम तय गरेर अगाडि बढ्ने सहमति भएको छ।’ पढ्नेक्रम जारी राख्नुहोस्