Daily Archives: 16/12/2020

ओलीले किन ल्याए आफैं अप्ठेरोमा पर्ने अध्यादेश ?


अध्यादेश सार्वजनिक हुँदैछ भन्ने’bout प्रधानमन्त्रीकै टिमका कतिपय सदस्य र सिंगो मन्त्रिपरिषद् बेखबर थिए, अध्यादेश भने केही दिनअघि नै राष्ट्रपति कार्यालयमा पुगेको थियो ।
बिनु सुवेदी
काठमाडौँ — दुई तिहाइ बहुमतसहित सरकार सम्हालेको दुई वर्ष पुग्दा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसको असहयोगले संवैधानिक निकायमा पद पूर्ति हुन नसकेपछि मन्त्रिपरिषद्ले पोहोर मंसिर ३ मा बहुमतका आधारमा नियुक्तिको सिफारिस गर्न सकिने प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गर्‍यो । अध्यादेश ल्याउने विषयमा कसैको पनि असहमति रहेन । त्यतिखेर नेकपाको आन्तरिक किचलो पनि अहिलेजस्तो उत्कर्षमा थिएन । तर सरकारबाहिरका पार्टीको असहमति र विरोधपछि अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पुगेको अध्यादेश रोकियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल सोझै ट्‍वान्टी-२० विश्‍वकपको ग्लोबल छनोटमा


काठमाडौँ — अस्ट्रेलियामा २०२२ मा हुने ट्वान्टी–२० विश्वकपका लागि नेपाललाई ग्लोबल छनोटमा सोझै प्रवेश दिइएको छ । विश्व ट्वान्टी–२० वरीयतामा शीर्षस्थ टोली भएका कारण नेपालसहित जिम्बाब्वे, सिंगापुर र यूएईलाई ग्लोबल छनोटमा स्थान दिइएको छ । ट्वान्टी–२० विश्वकप अस्ट्रेलियामा २०२२ को अक्टोबर–नोभेम्बरमा हुने तय भइसकेको छ । त्यसका लागि ग्लोबल छनोट हुनेछ । त्यसको मिति र स्थान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खुलाएको छैन । नेपाल, जिम्बाब्वे, सिंगापुर र यूएईसहित २०२१ मा भारतमा हुन लागेको विश्वकप ट्वान्टी–२० का पुछारका चार टोली तथा क्षेत्रीय छनोटबाट आउने ८ टोली गरी ग्लोबल छनोटमा १६ टोलीको सहभागिता रहने छ । पढ्नेक्रम जारी राख्नुहोस्