ललिता निवास प्रकरण : अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि जेल चलान


काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात जेल चलान भएका छन् । आइतबार विशेष अदालतले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको मुद्दामा बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार पठाइएको प्रहरीले बताएको छ ।

अख्तियारको प्रमुख हुनुअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव हुँदा बस्न्यात उक्त जग्गा प्रकरणमा मुछिएका हुन् । बस्न्यातविरुद्ध अख्तियारले २०७६ माघ २२ गते ९ करोड ६५ लाख रुपैयाँ विगमो माग गर्दै मुद्दा दायर गरेको थियो ।

ललिता निवास प्रकरण : पूर्व-अख्तियार प्रमुखसहित सय बढीलाई कारबाहीको सिफारिस
ललितानिवास भ्रष्टाचार मुद्दा अदालतमा : १७५ जना अख्तियारको कारबाही सूचीमा
ललितानिवास प्रकरण : अख्तियारको मुद्दामा को-को छन् ‘हाई प्रोफाइल’ ?
ललितानिवास भ्रष्टाचार प्रकरण : कुन ‘हाई प्रोफाइल’को बिगो कति ? (सूचीसहित)
विशेष अदालतमा अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद बिक्री गर्ने विरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।

गत फागुनमै अदालतमा उपस्थिति हुन अदालतले भए पनि कोरोनाको महामारीका कारण गरिएको बन्दाबन्दीले सुनुवाइ सरेको थियो ।

पूर्वमन्त्रीहरुमा डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारी उपस्थित भएर जोशीबाहेक अन्य जनही पाँच लाख धरौटीमा छुट्ने आदेश भएको थियो । अदालतले जोशीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो । (अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.