बहराइनमा चिनियाँ कोरोना खोप प्रयोग गर्न अनुमति


सिनोफार्मको कोरोना खोप ८६ प्रतिशत प्रभावकारी : यूएई
काठमाडौँ — बहराइनले चीनले बनाएको कोरोनाभाइरसविरुद्धको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको छ । चाइना नेसनल फर्मास्युटिकल ग्रुप(सिनोफार्म) ले बनाएको कोरोना खोपको प्रयोगका लागि बहराइनले आफ्ना नागरिकलाई अनलाइन रजिस्ट्रेसन गर्नसमेत आह्‍वान गरेको छ ।आइतबार बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण(एनएचआरए) ले सिनोफार्मले बनाएको कोरोना खोपको प्रयोगका लागि अनुमति दिएको हो । एनएचआरएले सिनोफार्मले बनाएका दुई वटा कोरोना खोपमध्ये कुन खोपलाई अनुमति दिएको हो भन्नेचाहिँ खुलाएको छैन । तर तेस्रो चरणको चिकित्सकीय परीक्षणमा उक्त खोप ८६ प्रतिशत प्रभावकारी देखिएकाले प्रयोगको अनुमति दिइएको एनएचआरएले जनाएको छ ।

बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका नागरिकले कोरोना खोप लगाउन दर्ता गर्न सक्ने बताएको छ । बहराइनले नागरिकलाई कोरोना खोप नि:शुल्क उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

यसअघि यूएईमा गरिएको परीक्षणमा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता ८६ प्रतिशत देखिएको बताइएको थियो । यूएईले १२५ देशका करिब ३१ हजार व्यक्ति उक्त खोपको परीक्षणमा सहभागी भएका थिए । गत महिना सिनोफार्मले करिब १० लाख मानिसले आफूले बनाएको कोरोना खोपको आपत्कालीन रुपमा लगाएको बताएको थियो । उक्त खोपको परीक्षण अर्जेन्टिना र मोरक्कोमा समेत भएको बताइएको छ । पेरुले भने सहभागी व्यक्तिमा साइड इफेक्ट देखिएको उल्लेख गर्दै सिनोफार्मको कोरोना खोपको परीक्षण रोकेको छ ।

सोमबारदेखि कोरोना खोप अभियान सुरु गर्दै अमेरिका
चीनले आधिकारिक रुपमा कोरोना खोप लगाएका व्यक्तिको जानकारी उपलब्ध नगराएका कारण भने यसको प्रभावकारिता’bout जनस्वास्थ्यविद्हरुले आशंका व्यक्त गरेका छन् ।

मिडिया रिपोर्टहरुमा आधारित भएर गार्जियनले प्रकाशित गरेको समाचारअनुसार सिनोफार्मले यही वर्ष करिब १० करोड डोज कोरोना खोप उत्पादन गर्नेछ । साथै उत्पादन क्षमता ३० करोड डोजसम्म पुग्न सक्ने सम्भावना रहेको पनि बताइएको छ । गत हप्ता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यस वर्षभित्रै चीनले करिब ६० करोड डोज कोरोना खोप उत्पादन गरी बजारमा पठाउने बताएका थिए ।

बहुराष्ट्रिय कम्पनी फाइजरले बनाएको कोरोना खोप प्रयोगका लागि बेलायत, बहराइन, क्यानडा, साउदी अरबले अनुमति दिइसकेका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले भने सोमबारदेखि फाइजरको कोरोना खोप अभियान सुरु गर्ने बताएको छ ।

चिकित्सकीय परीक्षणमा फाइजरको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको थियो । यो खोप २१ दिनको अन्तरमा दुई डोज दिनुपर्ने बताइएको छ । तर यो खोप माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा चुनौती रहेको स्वास्थ्यविद् बताउँछन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.