Daily Archives: 14/12/2020

ललिता निवास प्रकरण : अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि जेल चलान


काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात जेल चलान भएका छन् । आइतबार विशेष अदालतले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको मुद्दामा बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार पठाइएको प्रहरीले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बहराइनमा चिनियाँ कोरोना खोप प्रयोग गर्न अनुमति


सिनोफार्मको कोरोना खोप ८६ प्रतिशत प्रभावकारी : यूएई
काठमाडौँ — बहराइनले चीनले बनाएको कोरोनाभाइरसविरुद्धको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको छ । चाइना नेसनल फर्मास्युटिकल ग्रुप(सिनोफार्म) ले बनाएको कोरोना खोपको प्रयोगका लागि बहराइनले आफ्ना नागरिकलाई अनलाइन रजिस्ट्रेसन गर्नसमेत आह्‍वान गरेको छ ।आइतबार बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण(एनएचआरए) ले सिनोफार्मले बनाएको कोरोना खोपको प्रयोगका लागि अनुमति दिएको हो । एनएचआरएले सिनोफार्मले बनाएका दुई वटा कोरोना खोपमध्ये कुन खोपलाई अनुमति दिएको हो भन्नेचाहिँ खुलाएको छैन । तर तेस्रो चरणको चिकित्सकीय परीक्षणमा उक्त खोप ८६ प्रतिशत प्रभावकारी देखिएकाले प्रयोगको अनुमति दिइएको एनएचआरएले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्