Daily Archives: 10/12/2020

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा


यो लिच्छविकालीन उत्कृष्ट सिर्जना हो : सम्पदाविद्
वासुदेव–कमलाजा मूर्ति एफबीआईको जिम्मामा
देवेन्द्र भट्टराई
काठमाडौँ — पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्त्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो । लिच्छविकालीन सभ्यताको उत्कर्षमा छैटौं शताब्दीमा सिर्जना भएको चित्ताकर्षकमध्येको चतुर्मुखी शिवलिंग मूर्ति कसरी चोरियो भन्ने विस्तृत विवरण आएको छैन । सन् १९९७ सम्म लन्डनको क्रिस्टिज कलेक्सनमा रहेको उक्त मूर्ति खरिद गरेर अमेरिका लगिएको जनाइएको छ । अमेरिकाका खर्बपति जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फको संग्रह (जेम्स डब्लू एन्ड मार्लिन एल्सडर्फ कलेक्सन) ले उक्त मूर्ति अमेरिकाको सिकागो म्युजियम पुर्‍याएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्