Daily Archives: 07/12/2020

राजपुर बम काण्ड : अफताव आलमका भाइ महताव पक्राउ


फणि महत
रौतहट : २०६४ को संविधानसभा चुनावको अघिल्लो दिन भएको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ महताफ आलम पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार आलमलाई भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरिएको हो। अहिले उनलाई रौतहट ल्याइँदै गरेको बताइएको छ। तर यस’bout रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी शिद्दिबिक्रम शाहले केही बताउन चाहेनन्। पढ्नेक्रम जारी राख्नुहोस्

भिजिट भिसा लिन अंग्रेजी जान्‍नुपर्ने


काठमाडौँ — सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्‍याउने गरेका घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा मानव तस्करी बढेको सरकारको निष्कर्ष छ । भिजिट भिसामा विदेश जानेका लागि राहदानी र भिसासहित १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने, फिर्ता हुने हवाई टिकटका साथै घुम्न जाने देशमा बस्ने व्यवस्था हुनुपर्ने प्रावधान रहेकामा अब त्यस्ता व्यक्तिले २० लाख रुपैयाँको बिमा र न्यूनतम एसएसलीसरहको शैक्षिक योग्यता वा अंग्रेजी बोल्न जान्नुपर्ने व्यवस्था गर्न लागिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्