Daily Archives: 03/12/2020

नेपालसँग समझदारी विकास हुँदैछ : भारतीय विदेशमन्त्री जयंशकर


सुरेशराज न्यौपाने
काठमाडौँ — भारतका विदेशमन्त्री एस जयशंकरले विगतमा नेपालसँग केही असमझदारीहरु भए पनि पछिल्ला दिनमा दुवै देशबीच समझदारी विकास हुँदै गएको बताएका छन् । भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा नेपालसँगको सम्बन्धको प्रसंगमा विदेश मन्त्री जयशंकरले त्यस्तो धारणा राखेका हुन् । ‘हो कुनै बेला हामीबीचमा केही समस्या थियो तर, अहिले हामी प्रस्ट रुपमा देख्न सक्छौं, पछिल्ला केही सातामा भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् र त्यो आपसी समझदारीमै भइरहेको छ,’ जयंशंकरले भनेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्