Daily Archives: 01/12/2020

एकै दिन ३ सयभन्दा बढी अस्पताल शिलान्यास


सञ्चालनमा रहेका प्रायः अस्पतालमा जनशक्ति, भौतिक संरचना र उपकरण अभाव रहेका बेला नयाँ बन्ने अस्पतालमा यी सुविधा कसरी पूरा गरिन्छन् भन्ने धेरैको चासो छ ।

काठमाडौँ — सरकारले सोमबार एकै दिन सबै प्रदेशका स्थानीय तहहरूमा ३ सयभन्दा बढी अस्पताल भवन निर्माणको थालनी गरेको छ । देशभरका सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनका लागि ५ देखि १५ बेडसम्मका अस्पतालहरूको शिलान्यास गरिएको हो । ३ सय ९ पालिकामा आधारभूत अस्पताल तथा प्रदेश २, वाग्मती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पताल शिलान्यास गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्