यमनको दक्षिणी शहर अदनको विमानस्थलमा मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई लक्षित गरी भएको आक्रमणमा कम्तिमा २२ जना मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी अरबबाट एक विमान एयरपोर्टमा ओर्लिनासाथ विष्फोट भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: डिसेम्बर 2020
यमनमा मन्त्रिपरिषदका नयाँ सदस्य आउनासाथ आक्रमण, प्रधानमन्त्री सुरक्षित
Posted in विश्व समाचार
पोखरामा नयाँ एड्भेन्चर ‘टावर क्लाइम्बिङ’ सुरु
१५ पुस, काठमाडौं । पर्यटकिय शहर पोखरामा अर्को नयाँ एड्भेन्चर गतिविधि थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलोपटक टावर क्लाइम्बिङ सुरु गरेको हो । ३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा चड्दा थकाइ लागे बिचमा रोकिएर आराम गर्दै समेत जान सकिने गरी डिजाइन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
दाहालको दुर्योधनपथ
दयालबहादुर शाही
छेपारोले रंग फेरजस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि विचारको फेसन, बोली र बचनको बेठेगान अनौठो कुरा होइन। नौलो जनवाद, माओवाद, मालेमावाद, प्रचण्डपथ, एक्काइसौं शताब्दीको जनवाद, जनताको जनवाद, जनताको बहुदलीय जनवादमाथि मुलाको मुरलीझैं मनलागे बजाउने, मनलागे चपाउने प्रचण्ड रबैया रहँदै आयो। विशेष गरी प्रचण्डपथ प्रचण्डको विचार भए पनि व्यवहार भने दुर्योधनपथ हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका निवेदनमाथि आज सुनुवाइ
काठमाडौँ — प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका निवेदन एकल इजलासमा सुनुवाइ हुन लागेका हुन् । सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासका लागि तोकेको छ ।
प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद् हेरफेर गर्न नमिल्ने दाबीसहित सर्वोच्चमा दुईवटा निवेदन दर्ता भएका थिए । कामचलाउ सरकारले विश्वव्यापी मान्यताअनुसार मुलुकको दैनिक काम मात्रै सञ्चालन गर्न सक्ने भन्दै निवेदनमा सरकारले मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गर्न नसकिने उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आयोगले थाल्यो मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन कार्यतालिकासम्मको काम
१४ पुस, काठमाडौं । सरकारले घोषणा गरे अनुरुप आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन हुने नहुने यकिन नभए पनि निर्वाचन आयोगले भने प्रारम्भिक तयारी अगाडि बढाएको छ । निर्वाचन हुने वा नहुने धेरै विषय सर्वाेच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी गरेको छ । आयोगले सबैभन्दा पहिला मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्राथमिकतमा राखेको छ ।
Posted in नेपाल समाचार
चिनियाँ टोलीलाई प्रधानमन्त्री ओलीको जवाफ : पछि फर्किन सकिन्न
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ टोलीले मूल रूपमा प्रतिनिधिसभा विघटनको विषयमा चासो राखेको थियो। प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले पछि फर्किन सकिने परिस्थिति नरहेको जानकारी गराएका थिए। ‘पार्टीभित्रैबाट संसद्को दुरुपयोग गरी अप्रिय दुर्घटना निम्त्याउने तयारी भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको हो। प्रधानमन्त्रीको भनाइ थियो, ‘ताजा जनादेशका लागि चुनावमा जाने निर्णय लिएको हुँ। अब सम्झौताका नाममा पछि फर्किन सकिन्न।’ स्रोतका अनुसार प्रधानमन्त्रीसँग चिनियाँ राष्ट्रपतिका विशेष दूत कुओ येचौले सोधे, ‘के मध्यावधि चुनाव सहज ढंगले सम्भव छ ?’ ‘किन छैन ?’ प्रधानमन्त्रीको जवाफ थियो, ‘मज्जाले सम्भव छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार