रामकृष्ण अधिकारी
राजनीति
काठमाडौं : नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कडा जवाफ दिएका छन्। अध्यक्ष दाहालले कात्तिक २८ गते प्रधानमन्त्री ओलीलाई आरोपित गर्दै सचिवालय बैठकमा आफ्नो तर्फबाट प्रस्ताव ल्याएका थिए। त्यसपछि मध्यमार्गी नेताहरूले साझा प्रस्ताव ल्याउन पहल गरे पनि ओलीले शनिबार आफ्नो ३८ पृष्ठ लामो ५३ बुँदे प्रस्ताव पेस गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/11/2020
दाहाललाई ओलीको कडा जवाफ
Posted in नेपाल समाचार
कतार प्रहरीमा छनोट : म्यानपावर कम्पनीबाटै चलखेल
होम कार्की
काठमाडौँ — गत फागुन २२ मा कतार प्रहरी सेवामा भर्ती भएका १ सय ७९ नेपाली तालिमपछि ‘पासआउट’ भए । कतारको आन्तरिक मन्त्रालयले औपचारिक कार्यक्रम गरेपछि मात्रै बल्ल नेपालीका लागि कतारी प्रहरी सेवामा ढोका खुलिसकेको सार्वजनिक भयो । उनीहरूलाई गोप्य रूपमा नेपालबाटै छनोट गरेर लगिएको थियो । आकर्षक तलब र सेवासुविधा भएको उक्त सेवाका लागि एसओएस म्यानपावर सर्भिस, डीडी ह्युमन रिसोर्स, होप इन्टरनेसनल र अल–थाक्वेत ओभरसिज नेपालमार्फत युवा छनोट गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
चीनका रक्षामन्त्री वेई काठमाडौंमा
जगदीश्वर पाण्डे
काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे आफ्नो एकदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि मात्र त्रिभुवन विमानस्थल झरेका हुन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबर (१२–१३) मा नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन् । रक्षामन्त्री वेई राष्ट्रपति सीका नजिकका पात्र मानिन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार