९ मंसिर, काठमाडौं । लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ । कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/11/2020
कोरोना कहरबीच यसरी लिइयो १२ कक्षाको परीक्षा
Posted in नेपाल समाचार
बलात्कारीलाई कारवाहीको माग गर्दै राजमार्ग बन्द, आरोपितको घरमा आगजनी
राजकरण महतो
बर्दिबास : महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंका अनुसार आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेकपामा फुटको जोखिम यथावत्
पार्टीभित्रको झगडालाई नजिकबाट नियालिरहेका नेताहरुका अनुसार यसपटक विगतमा जस्तो दुई अध्यक्ष मिलिहाल्छन्, दुई–चारवटा पदीय भागबन्डामा कुरा मिलेपछि अँगालो मारेर हिँडिहाल्छन् भन्ने स्थिति छैन । दाहालको प्रस्ताव यथास्थितिमा रहने र काउन्टरमा ओलीको अर्को प्रस्ताव आउने हो भने त्यसले दुवैलाई झन् टाढा पुर्याउनेछ ।
दुर्गा खनाल
काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन । प्रधानमन्त्री ओलीले मंसिर ३ को सचिवालय बैठकमा दाहालका आरोपको मौखिक खण्डन गर्दै आउँदो सचिवालय बैठकमा लिखित जवाफ पेस गर्ने घोषणा गरेका छन् । त्यसैले मंसिर १३ को सचिवालय बैठकमा ओली कसरी प्रस्तुत हुन्छन् भन्नेमा नेकपाका नेता र कार्यकर्ताको ध्यान मोडिएको छ । त्यही बिन्दु नेकपा सग्लो रहने कि विभाजनतर्फ जाने भन्नेमा निर्णायक हुने देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार