Daily Archives: 19/11/2020

झुटा लाञ्छनाहरु सहन्‍नँ : प्रधानमन्त्री ओली


नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधनको सम्पादित अंश :
कमरेडहरु !

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ। म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ। सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौं। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो


‘नेपालमा क्लिनिकल ट्रायल सफल भए औषधि वा खोप चाँडै भित्र्याउन सहज हुन्छ’
मकर श्रेष्ठ
काठमाडौँ — अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ । आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि (तेस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेसँगै अन्य मुलुकमा अनुमति पाएको खोपको क्लिनिकल ट्रायल यहाँ पनि गर्ने कानुनी आधार तयार भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्