२० कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ‘जित नजिक’ पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/11/2020
अमेरिकी निर्वाचन : बाइडन ‘जित नजिक’, अदालती प्रक्रियामा गए ट्रम्प
Posted in विश्व समाचार
भोका नागरिकभन्दा सहरी सुन्दरताको चिन्ता !
‘काठमाडौंलाई मागिखाने सहरका रुपमा चिनाउने प्रयास नहोस् । विदेशमा नेपालीले कसरी आँखा जुधाउने ?’ भन्दै मेयर शाक्यले खाना बाँडिएकोमा आपत्ति जनाइरहँदा बुधबार साढे १२ समेत बजेको थिएन, यता खुलामञ्चमा रेशम बुढाथोकीको पेट खाली नै थियो, जो अरुनजिकै ह्वीलचियरमै खाना कुरिरहेका थिए ।
गोकर्ण गौतम
काठमाडौँ — बुधबार बिहान साढे १० बजे वीर अस्पतालतिरको खुलामञ्चको गेट छेवैमा भेटिए, रेशम बुढाथोकी । ह्वीलचियरमा रहेका उनले तौलियाले खुट्टा छोपेका थिए । ह्वीलचियरमै ब्याग उनिएको थियो । टाउकोमा टोपी अनि मुखमा मास्क थियो । ९ बजे खुलामञ्च आइपुग्नुपर्ने तर जाडो भएकाले उठ्नासाथ कोठाबाट निस्कन सकेनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार