भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ


काठमाडौँ — भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् भारतीय समाचार संस्था पीटीआईका अनुसार अर्नबलाई सन् २०१८ मा एक जना इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्या प्रकरणमा बुधबार गिरफ्तार गरिएको हो । रिपब्लिक टेलिभिजनले भने अर्नबलाई हातपात गर्दै मुम्बई प्रहरीले पक्राउ गरेको समाचार प्रसारण गरिरहेको छ । पहिले नै बन्द गरिएको मुद्दामा अर्नबलाई गिरफ्तार गरिएको पनि रिपब्लिकको दाबी छ ।

हिन्दुस्तान टाइम्सका अनुसार सन् २०१८ को इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमाको आत्महत्या प्रकरणमा पत्रकार अर्नबलाई गिरफ्तार गरिएको हो । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय र उनकी आमा कुमुद सन् २०१८ मा घरमै मृत भेटिएका थिए ।

अन्वयको साथबाट एउटा सुसाइड नोट पनि भेटिएको थियो । जसमा अर्नब गोस्वामी र फिरोज सेख तथा नितिस सारदाले रिपब्लिक टेलिभिजनको कार्यालय डिजाइनको पैसा नदिएको आरोप लगाइएको उल्लेख थियो । अन्वयले रिपब्लिक च्यानलले ५ करोड ४० लाख रुपैयाँ नदिएको र त्यसले गर्दा आफू आर्थिक समस्यामा परेको अन्वयले सुसाइड नोटमा उल्लेख गरेका थिए ।

सन् २०१८ मा अलिबाग प्रहरीले अर्नबविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो तर सन् २०१९ मा रायगड प्रहरीले उक्त मुद्दाको अनुसन्धान बन्द गरेको थियो । गत मे महिनामा भने महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले अन्वयकी छोरी अदन्याले उक्त मुद्दाको पुन: अनुसन्धान गर्न आग्रह गरेकाले नयाँ शिराबाट अनुसन्धान हुने बताएका थिए ।

रिपब्लिक टेलिभिजन र अर्नबविरुद्ध टीआरपी घोटालालगयातका विभिन्न चार वटा मुद्दामा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ ।(कन्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.