अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न चुनावको मतगणना आधाभन्दा बढी सकिएको छ। ५० वटा राज्यमध्ये ३८ वटाको नतिजा सार्वजनिक भइसक्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अग्रता कायमै गरेका छन्।
बाइडनले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका हुन्। बाइडनको पक्षमा २२३ सिट इलेक्टोरल कलेजका प्रतिनिधि प्राप्त भइसकेको छ। बाइडनलाई राष्ट्रपति पदका लागि चुनिन अब मात्र ४७ इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक पर्छ। अमेरिकी राष्ट्रपति चुनिन ५३८ इलेक्टोरल प्रतिनिधिमध्ये २७० सिट आवश्यक पर्छ।
यसैगरी रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले १३६ इलेक्टोरल प्रतिनिधि प्राप्त गरिसकेका छन्। उनलाई अब जितका लागि ९६ प्रतिनिधिको आवश्यक पर्छ।तर ठुला राज्यहरूको मत परिणाम आइसकेकाले उनलाई १३४ सिट प्राप्त हुन मुस्किल देखिएको छ।