अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न चुनावको मतगणना आधाभन्दा बढी सकिएको छ। ५० वटा राज्यमध्ये ३८ वटाको नतिजा सार्वजनिक भइसक्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अग्रता कायमै गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/11/2020
अन्ततः बाइडन जित नजिक, डोनल्ड ट्रम्पलाई अहिलेसम्मकै ठूलो झड्का !
Posted in प्रवासी समाचार
भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै
शम्भु कट्टेल
काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न आज काठमाडौं आउँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्। मन्त्रिपरिषद्को गत माघ २० गतेको बैठकले भारतीय सेनाध्यक्षको नेपाल भ्रमण स्वीकृत गरे पनि कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको थियो। नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्काे मुलुकको मानार्थ सेना प्रमुख हुने प्रचलन छ। त्यहीअनुरूप प्रधानसेनापति नियुक्त भएपछि पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दज्र्यानी ग्रहण गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ
काठमाडौँ — भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् भारतीय समाचार संस्था पीटीआईका अनुसार अर्नबलाई सन् २०१८ मा एक जना इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्या प्रकरणमा बुधबार गिरफ्तार गरिएको हो । रिपब्लिक टेलिभिजनले भने अर्नबलाई हातपात गर्दै मुम्बई प्रहरीले पक्राउ गरेको समाचार प्रसारण गरिरहेको छ । पहिले नै बन्द गरिएको मुद्दामा अर्नबलाई गिरफ्तार गरिएको पनि रिपब्लिकको दाबी छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार