Monthly Archives: नोभेम्बर 2020

नाइजेरियामा सशस्‍त्र समूहको भीषण हमलाः ११० किसान मारिए


नाइजेरिया : नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामिण भेगमा बोको हरामले गरेका हमलाबाट कम्तिमा ११० जना किसान मारिएका छन् । संयुक्त राष्ट्रसंघलाई हवाला दिँदै अलजजीरा, एपी, बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले यस’bout समाचार बनाएका छन् । प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएको समाचार थियो । पछि अन्य ग्रामिण भेगमा मारिएका ७० गरी जम्मा ११० किसान मारिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले बनाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

दाहाललाई ओलीको कडा जवाफ


रामकृष्ण अधिकारी
राजनीति
काठमाडौं : नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कडा जवाफ दिएका छन्। अध्यक्ष दाहालले कात्तिक २८ गते प्रधानमन्त्री ओलीलाई आरोपित गर्दै सचिवालय बैठकमा आफ्नो तर्फबाट प्रस्ताव ल्याएका थिए। त्यसपछि मध्यमार्गी नेताहरूले साझा प्रस्ताव ल्याउन पहल गरे पनि ओलीले शनिबार आफ्नो ३८ पृष्ठ लामो ५३ बुँदे प्रस्ताव पेस गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

कतार प्रहरीमा छनोट : म्यानपावर कम्पनीबाटै चलखेल


होम कार्की
काठमाडौँ — गत फागुन २२ मा कतार प्रहरी सेवामा भर्ती भएका १ सय ७९ नेपाली तालिमपछि ‘पासआउट’ भए । कतारको आन्तरिक मन्त्रालयले औपचारिक कार्यक्रम गरेपछि मात्रै बल्ल नेपालीका लागि कतारी प्रहरी सेवामा ढोका खुलिसकेको सार्वजनिक भयो । उनीहरूलाई गोप्य रूपमा नेपालबाटै छनोट गरेर लगिएको थियो । आकर्षक तलब र सेवासुविधा भएको उक्त सेवाका लागि एसओएस म्यानपावर सर्भिस, डीडी ह्युमन रिसोर्स, होप इन्टरनेसनल र अल–थाक्वेत ओभरसिज नेपालमार्फत युवा छनोट गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

चीनका रक्षामन्त्री वेई काठमाडौंमा


जगदीश्वर पाण्डे
काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे आफ्नो एकदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि मात्र त्रिभुवन विमानस्थल झरेका हुन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबर (१२–१३) मा नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन् । रक्षामन्त्री वेई राष्ट्रपति सीका नजिकका पात्र मानिन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अस्ताए फुटबल लिजेन्ड म्याराडोना


ब्युनस आयर्स : सर्वकालीन महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनालाई ब्युनस आयर्सस्थित निवासमा हृदयाघात भएको जनाइएको छ।  उनको मस्तिष्कमा रगत जमेपछि यसै महिनाको प्रारम्भमा शल्यक्रिया गरिएको थियो। त्यसयता उनी घरमै स्वास्थ्यलाभ गर्दै आइरहेका थिए। मद्यपानको लत छुटाउन पनि उनको उपचार भइरहेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

स्याबास सपना !


अजवी पौड्याल
बेवारिसे शव जलाएर जो बनिन् विश्वकै प्रेरणादायी
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा पहिलो पटक पुग्दा निकै अत्तालिएकी थिइन् उनी। बाहिर मान्छेको भीडजस्तै त्यहाँ शवको थुप्रो थियो। कति बीभत्स ! कति भयानक ! कसैको टाउको थिएन, कसैको खुट्टा त कसैको आँखा। तर, त्यसको एक वर्षपछि भने उनलाई शवहरूसँग डर लाग्न छाडेको छ। पढ्नेक्रम जारी राख्नुहोस्