हाम्रो संचार डट्कमका पुर्व प्रधानसंम्पादक गोपाल सिवाको कोरोना संक्रमणका कारण गत सोमबार बेलुका ११ बजे निधन भएको छ । उहाँको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो । केही दिन पहिला उहाँकी घर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाम्रो संचार डट्कमको स्थापना कालदेखि नै प्रमुख भुमिकामा रहदै अनवरत योगदान गर्दै आउनु भएका सिवाको निधनको खबरले कुवेतनेपाल डट्कम परिवार स्तव्ध भएका छौं । उहाँको निधन प्रति कुवेतनेपाल डट्कम परिवार गहिरो दुख व्यक्त गर्दछ । यस दुखद घडीमा उहाँको परिवामा धैर्यधारण गर्ने शक्ति मिलोस भनि कामना गर्दछौं ।