काठमाडौं : कलिला नानीहरूको घाँटी निमोठ्ने मानव सभ्यताविपरीतका घटनालाई विद्यमान कानुनले थेग्न नसकेपछि महिला सांसदहरू यसमा कठोर भएर जाने निष्कर्षमा पुगेका छन्। यस्ता कुकार्यमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिनुपर्ने उनीहरूको ठहर छ। त्यसका लागि संविधान, कानुन र अन्तर्राष्ट्रिय सन्धि/सम्झौतामा परिवर्तन वा परिमार्जन गर्न पछि पर्न नहुनेमा सबै दलका महिला सांसदको एकमत छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/09/2020
बलात्कारीलाई मृत्युदण्डको पैरवी
Posted in नेपाल समाचार
कोरोना परीक्षण अब एन्टिजेन किटबाट, दुई कम्पनीको किटलाई डब्लूएचओको मान्यता
न्यून र मध्यम आय भएका १३३ देशलाई टेस्टिङ किट उपलब्ध गराइने
५८८ रुपैयाँ लाग्ने परीक्षणको नतिजा १५–३० मिनेटमै आउने डब्लूएचओको भनाइ
जेनेभा — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ । डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ । यो परीक्षणका लागि ५ अमेरिकी डलर (५८८ नेपाली रुपैयाँ) लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार