६ महिनापछि सुरु भयो आन्तरिक उडान


लालप्रसाद शर्मा
काठमाडौँ — लकडाउनका कारण बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । नेपाल सरकारको भदौ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार झन्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालन भएको हो । काठमाडौंबाट उडेको बुद्ध एयरको यु ४ ६०३ जहाज पहिलोपटक सोमबार बिहान पौने ९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । ५ जना बालबालिकासहित ५६ यात्रु लिएर जहाज आएको थियो । यो कुल सिटको ८० प्रतिशत हो । जहाजमा वायुसेवा सञ्चालक संघका पदाधिकारी पनि पोखरा आएका थिए । उक्त जहाजले पोखराबाट ५७ यात्रु बोकेर काठमाडौं गएको थियो ।

संघका अध्यक्ष रामेश्वर थापाले कोरोना संक्रमणलाई विशेष ध्यान दिई सुरक्षाका आवश्यक सबै उपाय अपनाएर सोमबारदेखि उडान थालिएको बताए । पोखरा आएको पहिलो उडानका यात्रीले सुरक्षादेखि आवश्यक संयमता र धैर्यता बटुलेको उनको भनाई थियो । उनले पहाडी र हिमाली जिल्लाका विमानस्थलमा पनि छिट्टै उडान गर्ने बताए । पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले सोमबार काठमाडौं–पोखरा–काठमाडौं ४ उडान तालिका रहेकोमा यति एयरलाइन्सको एउटा उडान रद्ध भएको बताए । बुद्धका २ र यतिको एक गरी ३ उडानमात्रै हुने उनले बताए ।

सोमबार ५० वटा उडानलाई अनुमति (कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.