Daily Archives: 20/09/2020

डाक्टर केसीलाई जबर्जस्ती अस्पताल लगियाे


एलपी देवकोटा
जुम्ला — चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ ।करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए । ‘हिजोअस्ति राति उहाँसँगै बसे पनि आज (शनिबार) अरू नयाँ साथीहरू बस्नु भएकाले साँझ म घर आएको थिएँ,’ कार्कीले भने, ‘प्रहरी आएर जबर्जस्ती लगेछन् ।’ चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालका अनुसार डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनले अस्पताल जान मानेका थिएनन् । पढ्नेक्रम जारी राख्नुहोस्