काठमाडौं : सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। उनले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बताए । भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।
एकाबिहानै उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पले हल्लाएपछि आम सर्वसाधारण घर बाहिर निस्किएर होहल्ला गरेका थिए। गोरखा केन्द्र भएर २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो। केन्द्रका प्रमुख अधिकारीका अनुसार बुधबार बिहानै गएको भूकम्पसमेत त्यही शक्तिशाली भूकम्पको परकम्प हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/09/2020
सिन्धुपाल्चोक केन्द्र भएर ६ म्याग्निच्यूडको भूकम्प (अपडेट)
Posted in नेपाल समाचार
बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आइपुगे
राजकुमारसहितको १८ जनाको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने
सुरज कुँवर
काठमाडौँ — खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न बहराइनबाट त्यहाँको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार, यो टोली बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे विशेष विमानबाट नेपालका लागि प्रस्थान गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको थियो । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार