ललितबहादुर बुढा
सुर्खेत : कोरोना कहरका कारण जनतालाई छाक टार्न धौधौ भइरहेका बेला कर्णाली प्रदेशका जनप्रतिनिधिले कुस्त सेवासुविधा लिन थालेका छन्। गरिबीविरुद्ध लड्ने संकल्प गरेका स्थानीय जनप्रतिनिधिलाई मासिक रूपमा भारी तलब, भत्ता र इन्धन सुविधा तोकिएको छ । राजनीतिक विश्लेषक पीताम्बर ढकाल जनप्रतिनिधिले मासिक रूपमा तलब भत्ता खान नसुहाउने बताउँछन्। ‘कर्णाली आफंैमा गरिब छ, यस्तो अवस्थामा जनप्रतिनिधिले त सेवा गर्ने हो’, मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिनसमेत रहेका ढकाल भन्छन्, ‘तर, जनताको सेवा गर्छु भनेर मत मागेकाहरूले नै तलब भत्ता लिएर गरिब प्रदेशलाई झन् गरिब बनाउने काम भयो, यो उपयुक्त होइन ।’ यसरी त जनप्रतिनिधिहरू कर्मचारीजस्तै बनेको उनको बुझाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/09/2020
कोरोनाकालमै सुविधाको हतारो
Posted in अर्थतन्त्र
सत्याग्रहको केन्द्रमा कर्णालीको चिकित्सा शिक्षा
डा. केसी भन्छन्– ‘कर्णालीमा लगानी गर्दा सत्तासीनहरुले मुनाफा नपाउलान्, तर यहाँका जनताको जीवन फेरिन सक्छ’
कलेन्द्र सेजुवाल, एलपी देवकोटा
सुर्खेत, जुम्ला — डा. गोविन्द केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा सोमबारदेखि १९ औं सत्याग्रहमा बसेका छन् । उनी जुम्लामा सत्याग्रह बसेको दोस्रोपटक हो । यसअघि २०७५ असार अन्तिम साता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सत्याग्रह बसेका थिए । लामो समयदेखि मेडिकल शिक्षा सुधारको माग गर्दै आएका डा. केसीले पछिल्लो समय कर्णालीमै ‘डाक्टरी’ (एमबीबीएस) अध्ययन सुरु हुनुपर्ने मुद्दालाई प्रमुखताका साथ उठाएका छन् । चिकित्सा शिक्षा अध्ययनको प्रमुख उद्देश्यसहित करिब एक दशकअघि स्थापना भएको सरकारी स्वामित्वको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एममबीबीएसको अध्ययन अनुमति नदिएर सरकारले कर्णालीलाई उपेक्षा गरेको उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार