Daily Archives: 10/09/2020

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : महामारीमा पनि निरन्तर


चरा ठोक्किने जोखिममा बेवास्ता
दीपक परियार
काठमाडौँ — अहिले जसरी नै काम भइरहे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष तयार हुन सक्ने अवस्था छ । रनवे, एप्रोन, पाइपलाइन, ट्याक्सी वे, ट्रान्सफर्मर र विद्युत् पाइपलाइनका काम सकिएका छन् । एक्सेस रोड र टर्मिनल बिल्डिङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । १४ भवनको संरचना बनेर फिनिसिङको चरणमा छन् । ‘कोरानाको यत्रो महामारीका बेला पनि काम चलिरह्यो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी भन्छन्, ‘विमानस्थलको ६३ प्रतिशत काम सकिएको छ ।’ विमानस्थल निर्माण चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्