२३ भदौ, काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् । कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/09/2020
‘केपी ओली देश छोड्’ भन्दै साउदीमा नाराबाजी (भिडियोसहित)
Posted in प्रवासी समाचार
दाताको बजेटमा ब्रह्मलुट
सुरेन्द्र काफ्ले
परामर्श सेवाको खर्च नियन्त्रण गर्नू : महालेखा
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको आयोजना निर्देशनालयमा अधिकृत स्तरका २७ प्राविधिक छन्। वैदेशिक सहायतामा सञ्चालित चार आयोजनामा भने निर्माणलगायत सबै कामको जिम्मेवारी परामर्शदातालाई दिइएको छ। मौजुदा जनशक्तिलाई व्यवस्थापन कार्यमा सीमित गरिएको छ। चार आयोजनाको कुल लागत २७ करोड ३१ हजार डलर छ। २ करोड २६ लाख ९१ हजार डलर (२ अर्ब ६५ करोड ८२ लाख ५० हजार रुपैयाँ) परामर्शमै सकिएको छ। ७ परामर्शदाताले निर्माण कार्यको विस्तृत ड्रइङ डिजाइन र लागत अनुमान तयार, गुणस्तर कायम र निर्माण व्यवसायीले पेस गरेको बिल प्रमाणीकरण गर्ने कार्य गरेका छन्। १६ खरिद सम्झौता भई ४४१.२२ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ। हालसम्म २८३.९२ किलोमिटर मात्रै सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
संसदीय विकृतिको पुनरावृत्ति : नेताहरूको व्यक्तिगत स्वार्थ वरिपरि घुम्दै राजनीति
चुनाव हार्नेलाई सांसद–मन्त्री बनाउने, आफ्नै परिवार, नातागोतालाई शक्तिशाली पद दिलाउने, बिचौलियाको चंगुलभित्र बसेर दलीय र शासकीय संरचना चलाउनेजस्ता विकृति पटकपटक दोहोरिइरहेको छ ।
राजेश मिश्र
काठमाडौँ — संसदीय व्यवस्थामा ६० को दशकसम्म देखिएका राजनीतिक विकृतिहरूको पुनरावृत्ति हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ । संविधान जारीपछिको पहिलो निर्वाचनबाट बनेका संसद् र सरकार सञ्चालन प्रक्रिया मात्रै होइन, राजनीतिक दलहरूको अलोकतान्त्रिक व्यवहार तथा चुनाव हारेका नेतालाई सांसद बनाउने प्रपञ्चले पनि चिन्ता गर्ने ठाउँ दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार