Daily Archives: 08/09/2020

‘सिमेन्ट कारखानाको कालो धुवाँबाट नेपालमै बनाउन सकिन्छ मल’


वार्षिक साढे ६ लाख मेट्रिकटन युरिया मल उत्पादनको सम्भावना छ : विज्ञ
नवीन ढुंगाना
२३ भदौ, काठमाडौं । देशभर रासायनिक मलको अभाव चुलिएको बेला नेपालमै मल कारखाना खोल्ने बहस पनि चुलिएको छ । मल कारखानाको अध्ययन गर्न कृषि मन्त्रालयले सचिवको नेतृत्वमा उच्चस्तरीय समितिसमेत गठन गरेको छ । भारतबाट पाइपलाइनमार्फत प्राकृतिक ग्यास ल्याएर मल कारखाना चलाउने कुरा एकथरीले गरेका छन् । तर नेपाली ऊर्जा विज्ञ भने ८ ठूला नेपाली सिमेन्ट कारखानाबाट निस्किने कालो धुवाँ र स्वदेशी बिजुलीबाटै नेपाललाई पुग्ने युरिया मल उत्पादन गर्न सकिने दाबी गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा तीव्र, विदेशमा मत्थर


तुलसी सुवेदी
काठमाडौं : अन्नपूर्ण पोस्ट्ले गत असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभाव’bout विस्तृत रिपोर्टिङ गरेको थियो। असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो। १३ हजार २ सय ४८ संक्रमित थिए। सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ हजार ९ सय ३९ जना छन्। जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ। संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ। यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ। पढ्नेक्रम जारी राख्नुहोस्