काठमाडौँ — आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचार’bout भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले कान्तिपुरलाई बताए । उनलाई ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए ।
लिम्बूले केही समययता विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउँदै आएका थिए । साथै उनले केही च्यानलमा आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका थिए ।
एसएसपी थापाका अनुसार यसअघि पनि उनले आफू आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको भन्ने उजुरीका आधारमा सातादोबाटो प्रहरी वृत्तले समेत पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
पक्राउ परेका लिम्बूलाई कोरोना भाइरसको संक्रमण’bout भ्रम फैलाएको र विभिन्न व्यक्तिलाई आक्षेप लगाएको आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाउने पनि एसएसपी थापाले जानकारी दिए ।(कान्तिपुर )