Daily Archives: 07/09/2020

बेरोजगार युवा विदेशिन थाले, प्रधानमन्त्री रोजगार कार्यक्रमको ५ अर्ब कहाँ गयो ?


रवीन्द्र घिमिरे
२२ भदौ, काठमाडौं । अहिले देशमा रोजगारीको चरम संकट छ । देशका विभिन्न क्षेत्रमा कोरोना नियन्त्रण र रोकथामका लागि गरिएका निषेधाज्ञा र लकडाउनले आर्थिक गतिविधि ठप्प छन् । अनौपचारिक क्षेत्रमा मात्र हैन,औपपचारिक क्षेत्रमा काम गरिरहेका धेरै कामदारहरु पनि फुर्सदिला भएका छन् । महामारीका बेला रातारात भारतबाट आएका कामदार अहिले फेरि मुग्लान नै भासिँदै छन् । तेस्रो मुलुकबाट आएका कामदार पनि विदेश नै फर्किन हतारिएका छन् । देशभित्र बेरोजगार रहेकाहरु रनभुल्ल छन् । मौसमीरुपमा पाइने काम पनि महामारीले छिनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कोरोनाले मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर भ्रम फैलाउने पक्राउ


काठमाडौँ — आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचार’bout भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले कान्तिपुरलाई बताए । उनलाई ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्