Daily Archives: 06/09/2020

एक सातामा युएईमा ५ नेपालीको कोरोनाबाट मृत्यु


विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् ।

योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको एनआरएनएले जनाएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरस संक्रमण देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलका ठेकदारको धरौटी जफत गरी कालोसूचीमा राखिने


सहकारीले वितरण गर्दै आएको मल स्थानीय तहले वितरण गर्ने
शारदाप्रसाद अधिकारी
२० भदौ, काठमाडौं। गत पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपुर्‍याउने दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ । आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर दुवै ठेकेदारको धरौटी जफत गर्न लागेको स्रोतले अनलाइनखबरलाई बतायो । पढ्नेक्रम जारी राख्नुहोस्

भारतबाट आउनेभन्दा जाने तेब्बर


शिवराज भट्ट
धनगढी : यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिमा १ हजार ५ सय ५२ छ। ‘अहिले नेपाल आउनेभन्दा भारत पस्नेको संख्या बढी छ’, डोके बजार चौकीका प्रहरी नायब निरीक्षक भूपाल थापाले भने, ‘नेपालमा रोजगारी नै पाइएन भन्छन्। कोरोनाको डर पनि लाग्दैन भन्छन्।’ कैलालीको त्रिनगर नाका भएर दैनिक २ सय ५० जना भारत जान थालेका छन्। भारतीय पक्षले उनीहरूको आधारकार्ड भए जान दिने गरेको छ। आधारकार्ड नभएकाहरू पनि आफ्ना ‘मालिक’ नाकामै आउन थालेपछि भारत पस्न सजिलो भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय सभाको साख गिर्ने चिन्ता


नेकपा उपाध्यक्ष वामदेव गाैतम राष्ट्रिय सभामा मनाेनीत भएका उनीसहित संघीय संसद्काे माथिल्लाे सदनमा प्रत्यक्ष चुनाव हारेकाहरूकाे संख्या ७ पुग्ने छ ।सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था राजनीतिक नेता–कार्यकर्ता होइन, चुनाव लड्न नचाहने तर संसद्मा आवश्यकता रहने कुनै विषयमा राष्ट्रिय ख्याति कमाएका विज्ञलाई ल्याउन गरिएको हो– राधेश्याम अधिकारी, राष्ट्रिय सभा सदस्य
संसदीय मान्यता ध्वस्त पारिँदै छ । जसले बाटो देखाउनुपर्ने हो, नैतिकताको आदर्श स्थापना गर्नुपर्ने हो, तिनैले चुनाव हारेपछि पनि लोभी व्यवहार देखाउँदा विकृति थपियो । – सूर्यकिरण गुरुङ, पूर्वमहासचिव, व्यवस्थापिका संसद्
राजेश मिश्र
काठमाडौँ — सत्तारूढ नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत कोटाबाट राष्ट्रिय सभामा पठाउन लागेसँगै संघीय संसद्को माथिल्लो सदन प्रत्यक्ष चुनाव हारेका नेताहरूलाई व्यवस्थापन गर्ने थलो बन्ने त होइन भन्ने प्रश्न जबर्जस्त भएको छ । गौतम ०७४ को प्रतिनिधिसभा चुनावमा पराजित हुन् । विभिन्न तहका प्रत्यक्ष निर्वाचनमा पराजय बेहोरेका ६ जना यसअघि नै राष्ट्रिय सभामा पुगिसकेका छन् । यसले सिंगो राष्ट्रिय सभाकै साख गिर्ने चिन्ता बढाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्