झापाली समाज कुवेतले कोरोनाले विश्वमहामारी भैई रहेको बेलामा पनि झापा गाउँपालिका वार्ड न.६ का ७ बर्षिय बालक गजेन्द्र थापालाई आर्थिक सहयोग गरेको छ !
झापा गाउँपालिका वार्ड न.६ मा बसोवास गर्ने स्व ईन्द्र वहादुर थापाको ७ बर्षिय छोरा गजेन्द्र थापा जन कल्याण मा वि कक्षा २ मा अध्यानतर थापा आफ्नो वुबाको काजकृया गरे लगतै छालामा एलर्जी देखि थाले पश्यात उपचार गर्दै जाने क्रममा टाउकोमा असर पर्न गएको रिपोर्ट आएको र हाल बिर्तामोड स्थित मनमोहन अस्पतालमा उपचार भैई रहेको छ ! निज थापाको घर परिवारको आर्थिक अवस्था ज्यादै नै कमजोर भएकाले ७ बर्षिय बालक गजेन्द्रको जीवन रक्षार्थ उपचारको लागि समाजले रु ३१,०००।- अक्षेरुपी एक्तिस हजार नेपाली रुपैयाँआर्थिक सहयोग गरेको समाजका महासचिब प्रसाद तिम्सीनाले कुवेत नेपाल डटकम लाई जानकारी गराएका छन !
बिर्तामोड स्थित मनमोहन अस्पतालमा उपचार गराई रहेका ७ बर्षिय बालक गजेन्द्रको उपचारको लागि समाजले रु ३१,०००।- समाजका संस्थापक सक्रिय सदस्य खगेन्द्र सिलवाल र झापा गा.पा. वार्ड न. ६ का वार्ड सदस्य मोहन पोख्रेल को उपस्थितिमा बिरामिका अबिभावक हजुरबुबा चन्द्र बहादुर थापाको हातमा अस्पताल कै शैयाकक्षमै हस्तान्तरण गरेको छ !
“हाम्रो एकता विकासको लागि” भन्ने मूल नाराका साथ् स्थापना गरिएको विगत ७ वर्षदेखि कुवेतमा स्थापित कृयाशिल झापाली समाज कुवेतले समाजमा आवद्द सदस्यहरुको आर्थिक उन्नती तथा जिल्लाको विकासको लागि विभिन्न सहयोग र सामाजिक सेवाका कार्यहरु गर्दै आएको र विश्वभरि छरिएर रहेका झापालीहरुलाई एकीकृत गर्दै ४२ देश भदा वढि झापाली समाजका सन्जालहरु फैलाउदै अन्तराष्ट्रिय झापाली समाज पनि गठन गरि विभिन्न सेवा मुलक कामहरु गर्दै आई रहेको छ।