Daily Archives: 03/09/2020

ढोरपाटन बाढीपहिरो : आठ जनाको शव भेटियो, १३ जना अझै बेपत्ता


प्रकाश बराल
बागलुङ — बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म आठ जनाको शव फेला परेको छ । चार जना गम्भीर घाइते छन् भने १३ जना बेपत्ता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार मृतकमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विकको मात्र सनाखत हुन सकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लिभर सिरोसिस बिरामी आशिष थापा लाई स्याङ्जा परिवार दक्षिण कोरिया बाट आर्थिक सहयोग


स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. २ ईलुङ्गा स्थायी घर भई विगत तीन वर्षदेखि कोरिया स्थित एउटा कृषि क्षेत्रमा कार्यरत रहेका कलेजोको जटिल समस्या (लिभर सिरोसिस)का बिरामी आशिष थापा (सूर्य) लाई स्याङ्जा परिवार दक्षिण कोरियाको अगुवाईमा सञ्चालित आर्थिक सहयोग संकलन अभियान पश्चात करिब रु.छ लाख पच्चीस हजार (६२,३९,५६५ कोरियन वोन) बिरामी स्वयंलाई हस्तान्तरण गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्