Daily Archives: 02/09/2020

सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग


गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो । उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

७० करोड मोलमोलाइ प्रकरण : ७ दिनभित्र अख्तियारमा उपस्थित हुन मिश्रलाई निर्देशन


१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो । अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

महानगरमा बढ्दै भोकाहरू


कोही भोकै बस्न पर्दैन भन्ने राष्ट्रपति र प्रधानमन्त्रीको वाचा चटक्कै भुलाउने गरी खुलामञ्चको एकछेउमा ६ बजेतिर खाना पाउने आसमा लाइनमा उभिएकाहरुको कल्याङमल्याङ सुरू हुन्छ । विभिन्न व्यक्ति र संस्थाले राजधानीमै सयौं भोकाहरुलाई नि:शुल्क खाना खुवाइरहेका छन् । सरकारले भने यसलाई देखेर पनि नदेखेझैं गरिरहेको छ ।
जनकराज सापकोटा, गोकर्ण गौतम
काठमाडौँ — खुलामञ्चभित्रको बसपार्क छेउछाउमा उभिएका र सडकमा लस्करै थचक्क बसेका सबैजसोको अनुहार उदास देखिन्छ । थकित र भोकले गलेका देखिने उनीहरूमा वृद्ध, महिला र बालबालिकाभन्दा वयस्कहरूको संख्या धेरै छ । छेवैमा वीर अस्पतालको गेटनजिकै त्यस्तै करिब दुई सय जना लस्करै धुले भुइँमा थचक्क बसेका छन् । उनीहरूका अघि ‘सिल्भर कोटेड’ कागजको खाली प्लेट छ । पढ्नेक्रम जारी राख्नुहोस्