Daily Archives: 30/08/2020

संक्रमितलाई पाइलैपिच्छे सास्ती


संक्रमितलाई भर्ना गर्न स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस चाहिन्छ । यही बेला प्रहरीले घरमा सिल गरिदिन्छ,संक्रमित क्षेत्र भनेर ब्यानर र पम्प्लेट टाँसिदिन्छ । नाम, ठेगाना सार्वजनिक भएपछि संक्रमित र परिवारका सदस्यसँग समुदायको व्यवहार बदलिन्छ ।
मकर श्रेष्ठ
काठमाडौँ — भक्तपुर सूर्यविनायकका एक पुरुषलाई साउन २८ मा कोरोना संक्रमण पुष्टि भयो । मधुमेह, उच्च रक्तचापका दीर्घरोगी हुनाले कोरोनाको कुनै लक्षण नभए पनि आत्तिए । अस्पतालको आइसोलेसनमा जान वडा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), स्वास्थ्य सेवा विभाग हुँदै मन्त्रालयका पदाधिकारीलाई गुहारे । तीन दिनपछि बल्ल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ठाउँ पाए । संक्रमण पुष्टि भएको सोह्रौं दिनमा उनी अस्पतालबाट डिस्चार्ज भएर घर आउँदा परिवारका कोही थिएनन् । अघिल्लो दिनै संक्रमण देखिएर उनका श्रीमती, छोरा र सालो आइसोलेसन गइसकेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्