Daily Archives: 24/08/2020

सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना


हरि शर्मा (नवलपरासी)
नवलपरासी : भारतसँग सीमाना जोडिएका नवलपरासी क्षेत्रका समुदायमा एक्कासी कोरोना संक्रमण फैलिन थालेको छ । ४ दिनअघि मात्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ मा १८ जना समुदायस्तरका सर्वसाधारणमा कोरोना संक्रमण देखिएको थियो । उक्त वडा त्रिवेणी बजार क्षेत्रमा पर्दछ । बजार क्षेत्र भारतको उत्तर प्रदेशस्थित बिहार राज्यको भैंसालोटनसँग जोडिएको छ । त्रिवेणी बजार क्षेत्रका समुदायमा कोरोना देखिए लगत्तै पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्र पाल्हीनन्दन गाउँपालिकामा पनि आइतबार २६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाभर एकैदिन ३५ जनामा संक्रमण देखिएकोमा उक्त गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता र पाल्ही स्वास्थ्य केन्द्रकी १ नर्ससहित २६ जनामा संक्रमण देखिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बायर्नको अद्वितीय यात्रा : लिग, कप र च्याम्पियन्स लिग


हिमेश
 बायर्न म्युनिकले यो सिजन तय गरेको यात्रालाई के मात्र भन्ने ? ऐतिहासिक, सनसनीपूर्ण अथवा रोमाञ्चक । सायद एक शब्दमा बयान गर्दा यसका लागि ‘अद्वितीय’ प्रयोग गर्नु ठीक हुनेछ, ’cause यस्तो उपलब्धि विरलै मात्र दोहरिएर आउने गर्छ । त्यसैले यसलाई कोशेढुंगा प्रदर्शन भन्दा पनि हुनेछ । कारोना भाइरस संक्रमणको महामारीबीच बायर्नले जर्मन बुन्डेसलिगा मात्र जितेन्, उसलाई जर्मन कप मात्र जितेर पनि पुगेन, अब त यो क्लब युरोपेली च्याम्पियन पनि भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्