Daily Archives: 19/08/2020

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

कैलाशखोलाले बगाएका १७ जनामध्ये, ६ को शव भेटियो


गीता कुँवर
अछाम : अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ जनाको शव भेटिएको छ भेटिएको छ । गए रातिको अबिरल वर्षासँगै आएको बाढीले रामारोशन गाउँपालिका-५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको शव कैलाशका विभिन्न स्थानमा भेटिएको हो। ४ जनाको बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

संसद्को विवादित लोगो फिर्ता, सुनको खर्च कसले बेहोर्ने भन्‍नेमा विवाद


जयसिंह महरा
काठमाडौँ — संघीय संसदको लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै संसद सचिवालयले निर्माणकर्तालाई नै फिर्ता गरेको छ । फेरि निर्माण गरेर दिन भन्दै सचिवालयले लोगो फिर्ता गरेको हो । लोगोमा राखिएको सुन पुनः प्रयोगमा नआउने भएपछि त्यसको खर्च कसले बेहोर्ने भन्नेमा भने निर्माण गर्ने कार्यालय र संसद् सचिवालयबीच विवाद देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्