१३ अगस्ट कुबैत, बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस रोग (COVID-19) का कारण बिश्वको अर्थत्रन्त्र तहसनहस भएको छ साथै मानव जगतको दैनिकी समेत निकै कस्टकर भएको छ | कुवेतमा समेत धेरै नेपाली दिदिबहिनीहरु तथा दाजुभाइहरुले रोजगार समेत गुमाइ आर्थिक संकट झेल्नुपरेको छ |यस बिषम परिस्थितीलाई मध्यनजर गर्दै कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मंचले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिला दिदिबहिनीहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको र यस बर्ष कोरोना भाइरस महामारी रोगका कारण सामाजिक दुरी कायम तथा कुवेत सरकारको नियमलाई पूर्णरुपमा पालना गर्दै तिज बिशेष सांगितिक कार्यक्रम गर्न असमर्थ भएकोले समस्त कुवेतवासी नेपाली दिदिबहिनीहरु तथा दाजुभाइहरुमा नेपाल कुवेत साँस्कृतिक मंच सिङो परिवारको तर्फबाट क्षमा चाहन्छौँ | आशा गरौँ COVID-19 जस्तो महामारी रोगको बिश्व भरिनै छिट्टै अन्त्य भई सम्पूर्ण मानव जगतलाई अहिलेको असामान्य परिस्थितीबाट दैनिक जीवनयापन गर्न सहज होस र हाम्रा सम्पूर्ण शुभचिन्तकहरुमा छिट्टैनै नेपाली कला, संस्क्रितीको जगेर्ना तथा सांगितिक मनोरन्जन भरपुररुपमा प्रदान गर्न पाउनेछौँ | यहाँहरुको सदासयता, साथ र सपोर्टले गर्दा नै साँस्कृतिक मंच कला, संस्कृतिको जगेर्ना, सांगितिक मनोरन्जन तथा सामाजिक कार्यमा अग्र पंतिमा रहन सफल भएको सर्वबिदितै छ | अन्तमा सामाजिक दुरी कायम गर्दै सेनिटाइजर र मास्कको प्रयोग गर्ने, अत्यावस्यक काम बाहेक आँफु बसेको घर बाहिर नजान तथा भेटघाट नगर्न साथै आफ्नो स्वास्थको ख्याल राख्न पनि सम्पूर्ण कुवेतवासी नेपाली दिदिबहिनिहरु तथा दाजुभाइहरुमा नेपाल कुवेत साँस्कृतिक मंच हार्दिक अनुरोध गर्दछ |
……………..
अध्यक्ष
गोविन्द प्रसाद बराल
नेपाल कुवेत साँस्कृतिक मंच, कुवेत