Daily Archives: 13/08/2020

कोराना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा


कोरोनाबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

९ दिनपछि ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता


काठमाडौँ — नौ दिनपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीचको वार्ता बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बालुवाटार स्रोतका अनुसार दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको हो । यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल कुवेत साँस्कृतिक मंचको अत्यन्तै जरुरी सुचना


 

 

 

 

 

 

 

 

१३ अगस्ट कुबैत, बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस रोग (COVID-19) का कारण बिश्वको अर्थत्रन्त्र तहसनहस भएको छ साथै मानव जगतको दैनिकी समेत निकै कस्टकर भएको छ | कुवेतमा समेत धेरै नेपाली दिदिबहिनीहरु तथा दाजुभाइहरुले रोजगार समेत गुमाइ आर्थिक संकट झेल्नुपरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्