गोंगबु घटना : ‘हत्यामा संलग्‍न’ साली लिन चितवनबाट एम्बुलेन्स लिएर आएका थिए ‘भिनाजु’


मातृका दाहाल
काठमाडौँ — गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेपश्चात कल्पना मुडभरी (पौडेल) ले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेको खुलेको छ । ३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको प्राविधिक अनुसन्धानमा खुलेको छ । अनि एम्बुलेन्स लिएर कल्पनालाई लिन चितवनबाट भिनाजु गोंगबु आएका थिए । ती एम्बुलेन्स चालकलाई कल्पनाले ‘भिनाजु’ भनेर सम्बोधन गर्ने गरेको पनि प्रहरीले बताएको छ । एम्बुलेन्स चालक नाताले वा सम्बोधनमा मात्रै भिनाजु हुन् भन्ने’bout प्रहरीले खुलाएको छैन ।कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् ।

कल्पना श्रीमानसँग अलग भएर छुट्टै बस्दै आएकी थिइन् । कल्पनालाई चितवनबाटै पक्राउ गरेर काठमाडौं ल्याइएको छ । केहीबेरमा उनलाई सार्वजनिक गर्ने प्रहरी तयारी छ । स्रोतका अनुसार कल्पना र कृष्णबहादुरको पहिलेदेखि नै आउजाउ थियो । एकापसमा दुवै परिचित थिए ।

अफगानिस्तानलगायत मुलकमा बसेर आएका कृष्णबहादुर काठमाडौंमै व्यापार व्यवसाय गर्ने तयारीमा भएको बताइए पनि यसको पनि यकिन भइसकेको छैन । कृष्णबहादुर हत्या भएको दिन राति कल्पनाकै कोठामा बस्न गएका थिए । यसबाट पनि उनीहरुबीच निकट सम्वन्ध रहेको बुझ्न सकिन्छ ।

यद्यपि दुई जनाबीच कुन किसिमको सम्बन्ध भन्ने’bout खुलाइएको छैन । आर्थिक लेनदेन वा अरु विवादले हत्याको रुप लियो भन्ने पनि खुलेको छैन ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.