Daily Archives: 11/08/2020

गोंगबु घटना : ‘हत्यामा संलग्‍न’ साली लिन चितवनबाट एम्बुलेन्स लिएर आएका थिए ‘भिनाजु’


मातृका दाहाल
काठमाडौँ — गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेपश्चात कल्पना मुडभरी (पौडेल) ले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेको खुलेको छ । ३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको प्राविधिक अनुसन्धानमा खुलेको छ । अनि एम्बुलेन्स लिएर कल्पनालाई लिन चितवनबाट भिनाजु गोंगबु आएका थिए । ती एम्बुलेन्स चालकलाई कल्पनाले ‘भिनाजु’ भनेर सम्बोधन गर्ने गरेको पनि प्रहरीले बताएको छ । एम्बुलेन्स चालक नाताले वा सम्बोधनमा मात्रै भिनाजु हुन् भन्ने’bout प्रहरीले खुलाएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्