Daily Archives: 10/08/2020

बाजुरामा बाढी, पहिरोको वितण्डा


पदमबहादुर सिंह
बाजुरा : आइतबार रातिको अविरल वर्षासँगै आएको बाढी, पहिरोले बुढीगंगा नदी बस्तीमा पसेको छ। नदी बडिमालिका नगरपालिकाको घागर, रापक, जडाङ्गा, तिपाडा, ओलेना, लगायतका बस्तीमा पसेको हो। बाढीमा परी बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्बर महत्तकी आमा ६५ वर्षीया अइसेनी महत्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइको छ। लगातार अत्याधिक पर्दा नदीमा बहाब बढेर साफेँ-मार्तडी सडकस्थित बुढीगंगा नदीको जडाङ्गामा बनाइएको बेलीब्रिज बगाएको प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो


आज नेकपा–साम्राज्यका नायकहरू आफ्नै कमरेडहरूसँग बैठकसम्म बस्न नसकेर दुनियाँसामु एकअर्कालाई दुत्कार्दै छन् । यिनको बाटो स्पष्ट छ : एकअर्कालाई नङ्ग्याउने र सबै नाङ्गिने ! यसरी हेर्दा आज नेकपासँग सबै थोक छ, तर विधि छैन; त्यसैले केही पनि छैन ।
घनश्याम भुसाल
जारशाही ढलेपछि रुसमा अराजकताले सीमा नाघेको थियो । रुसभरिबाट पेत्रोग्रादमा जम्मा गरिएका नामूद अपराधीहरू जेल भत्काएर बाहिर निस्के । त्यसपछि सर्वत्र अराजकताको नेतृत्व तिनै अपराधीहरूले गर्न थाले । हत्याको ताण्डव नाच्न थाल्यो, दिउँसै बीचसडकमा महिलाहरू बलात्कृत हुन थाले, लुटपाटको कुरै नगरौं । त्यो देखेका म्याक्सिम गोर्कीले एउटा पत्रमा एक जना कमरेडलाई भनेका छन् : क्रान्ति त हुने नै भयो तर यो क्रान्तिले हाम्रा पुर्खाले निर्माण गरेका रुसी सांस्कृतिक मूल्यको सर्वनाश गर्ने भयो ! पढ्नेक्रम जारी राख्नुहोस्