Daily Archives: 06/08/2020

सेनाका ११ जनासहित पर्सामा थप ४३ जनामा कोरोना संक्रमण


भूषण यादव
वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये रौतहट मौलापुरका एक जना र बाराको देवतालका एक जना संक्रमित हुन् । ४३ जना संक्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् । संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन् . पढ्नेक्रम जारी राख्नुहोस्