‘भट्टको पहुँच सिधै प्रधानमन्त्रीसँगै छ भन्ने सबैलाई थाहै छ । स्वयं उहाँ पनि नेकपा एकीकरण मैले नै गरेको हो भन्दै हिँड्नुहुन्छ ।’
बिनु सुवेदी, कृष्ण आचार्य
काठमाडौँ — नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच साउन ३ गते दुईखाले सहमतिको मस्यौदा बन्यो– एउटा देखाउने, अर्को लुकाउने । सार्वजनिक गर्ने मस्यौदामा मंसिरमा पार्टीको ‘अर्ली’ महाधिवेशन गर्ने र त्यसले सहमतिमै नेतृत्व चयन गर्ने उल्लेख थियो । दुई अध्यक्षबीचमा साझा धारणा बनाइराख्ने तर तत्काल सार्वजनिक नगर्ने अर्को सहमतिपत्रको मस्यौदामा भने महाधिवेशनमा दाहाल अध्यक्ष हुने, ओलीले समर्थन गर्ने, अर्को कार्यकाल दाहाल प्रधानमन्त्री हुने, ०७८ को बजेटपछि चुनावी सरकारको नेतृत्व पनि दाहालले गर्ने भनिएको थियो । नेताहरूबीच यो समझदारी गराउन एक गैरराजनीतिक व्यक्ति सक्रिय थिए । ती हुन्, बिचौलिया दीपक भट्ट जसका दाइ सुशील भट्टलाई अयोग्य पुष्टि गर्ने थुप्रै प्रमाणका बाबजुद सरकारले सोमबार मात्रै ४ वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/08/2020
बिचौलिया दाजुभाइको अस्वाभाविक पहुँच : जसले नेकपाभित्र भाँडभैलो मच्चाइरहेका छन्
Posted in नेपाल समाचार