Daily Archives: 01/08/2020

प्रेस विज्ञप्ती


1 Aug.2020 बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्कीले बूढानीलकण्ठ १० मा योग प्रेमी परिवार नेपाल केन्द्रको कार्यालय उद्घाटन गरेका छन्। योग प्रेमी परिवार नेपालले योग जागरणको क्षेत्रमा कोभिड १९ को कारण भौतिक दुरी राख्नु पर्ने, सो महामारीको कारण भय र त्रासले मन मस्तिष्कमा पारी रहेको प्रभावलाई न्यूनिकरणका लागि प्रविधिको सहयोग लिँदै मनोविज्ञ, चिकित्सक, विभिन्न जिवनोपयोगि विषयहरुको विज्ञहरुलाई ६५ दिन अगाडी पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकै लामो भनिएको झोलुङ्गे पुल खुल्याे, हेर्नेको भीड


दिल शिरीष
बागलुङ : बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो । कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण सम्पन्न भएको चार महिनासम्म पनि पुल सञ्चालनमा नल्याएको गुनासो हुन थालेपछि शुक्रबारदेखि पुल सञ्चालनमा ल्याइएको हो । खुल्ला गरिएको पहिलो दिनमै झोलुंगे पुल अवलोकन गर्न आउनेको भीड लाग्यो । पढ्नेक्रम जारी राख्नुहोस्