Monthly Archives: अगस्ट 2020

सेनाका ११ जनासहित पर्सामा थप ४३ जनामा कोरोना संक्रमण


भूषण यादव
वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये रौतहट मौलापुरका एक जना र बाराको देवतालका एक जना संक्रमित हुन् । ४३ जना संक्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् । संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन् . पढ्नेक्रम जारी राख्नुहोस्

बिचौलिया दाजुभाइको अस्वाभाविक पहुँच : जसले नेकपाभित्र भाँडभैलो मच्चाइरहेका छन्


‘भट्टको पहुँच सिधै प्रधानमन्त्रीसँगै छ भन्ने सबैलाई थाहै छ । स्वयं उहाँ पनि नेकपा एकीकरण मैले नै गरेको हो भन्दै हिँड्नुहुन्छ ।’
बिनु सुवेदी, कृष्ण आचार्य
काठमाडौँ — नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच साउन ३ गते दुईखाले सहमतिको मस्यौदा बन्यो– एउटा देखाउने, अर्को लुकाउने । सार्वजनिक गर्ने मस्यौदामा मंसिरमा पार्टीको ‘अर्ली’ महाधिवेशन गर्ने र त्यसले सहमतिमै नेतृत्व चयन गर्ने उल्लेख थियो । दुई अध्यक्षबीचमा साझा धारणा बनाइराख्ने तर तत्काल सार्वजनिक नगर्ने अर्को सहमतिपत्रको मस्यौदामा भने महाधिवेशनमा दाहाल अध्यक्ष हुने, ओलीले समर्थन गर्ने, अर्को कार्यकाल दाहाल प्रधानमन्त्री हुने, ०७८ को बजेटपछि चुनावी सरकारको नेतृत्व पनि दाहालले गर्ने भनिएको थियो । नेताहरूबीच यो समझदारी गराउन एक गैरराजनीतिक व्यक्ति सक्रिय थिए । ती हुन्, बिचौलिया दीपक भट्ट जसका दाइ सुशील भट्टलाई अयोग्य पुष्टि गर्ने थुप्रै प्रमाणका बाबजुद सरकारले सोमबार मात्रै ४ वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आदिवासी जनजाती महासंघ कुवेतले २६ औ विश्व आदिबासी दिवस यही आउदो अगष्ट ७ तारिख मनाउने।


सुरेश गुरुङ/कुबेत

४अगष्ट कुबेत, पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनकाे आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६औँ विश्व  आदिवासी दिबस यही आउदो अगष्ट ७ तारिख २०२०,शुक्रबार दिन स्थानिय समय अनुसार दिनको ठीक १ बजे प्रमुख अतिथी, केन्द्रिय उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख,श्री गोबिन्द छ्न्त्याल ज्यू को साथ जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा २६ औ विश्व आदिवासी दिबस मनाईने जनजाति महासंघ कुवेतका महासचिव मन्जित चाम्लिङ राईले जानकारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

भिजन गुरुङको पहलमा मृगौला पीडित आयुष्मा गुरुङ बचाउ आभियान लाई आर्थिक सहयोग


भिजन गुरुङ / सिन्धुपाल्चोक

सेवा नै धर्म कलाकार एबम समाज सेबी भिजन तमू को सक्रियतामा आयुष्मा गुरुङ बचाऊ अभियानलाई बिश्वास गरि मृगौला सम्बन्धी रोग लागि जिबन र मृत्यू संग लड़ीरहेकी आयुष्मा गुरुङको स्वास्थ्य लाभको कामना गर्दै सिन्धुपाल्चोक घर भै हाल साउदी अरबमा कार्यरत बरिष्ठ सामजासेबी मनको धनी आधर्निया भोज बहादुर गुरुङ को सयुक्तमा केही रकम सहयोग प्रदान गर्नु भएकोछ। उतर-उतर प्रगति को कामना उहाँहरु सम्पुर्ण सहयोगी मनहरुप्रति हार्दिक धन्यवाद।सहयोग रकम आइसकेको र अझै पनि सहयोग रकम आउने क्रम जारी रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रेस विज्ञप्ती


1 Aug.2020 बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्कीले बूढानीलकण्ठ १० मा योग प्रेमी परिवार नेपाल केन्द्रको कार्यालय उद्घाटन गरेका छन्। योग प्रेमी परिवार नेपालले योग जागरणको क्षेत्रमा कोभिड १९ को कारण भौतिक दुरी राख्नु पर्ने, सो महामारीको कारण भय र त्रासले मन मस्तिष्कमा पारी रहेको प्रभावलाई न्यूनिकरणका लागि प्रविधिको सहयोग लिँदै मनोविज्ञ, चिकित्सक, विभिन्न जिवनोपयोगि विषयहरुको विज्ञहरुलाई ६५ दिन अगाडी पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकै लामो भनिएको झोलुङ्गे पुल खुल्याे, हेर्नेको भीड


दिल शिरीष
बागलुङ : बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो । कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण सम्पन्न भएको चार महिनासम्म पनि पुल सञ्चालनमा नल्याएको गुनासो हुन थालेपछि शुक्रबारदेखि पुल सञ्चालनमा ल्याइएको हो । खुल्ला गरिएको पहिलो दिनमै झोलुंगे पुल अवलोकन गर्न आउनेको भीड लाग्यो । पढ्नेक्रम जारी राख्नुहोस्