पर्सामा सुरक्षाकर्मीसहित थप ३३ जनामा कोरोना, संक्रमितको संख्या ३ सय ५६ पुग्यो


क्रान्ति शाह
वीरगन्ज : पर्सामा बुधबार राती स्वास्थ्यकर्मी, प्रहरी, सेनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट (मेसु) मदन उपाध्यायका अनुसार बुधबार राती २५ जना पुरूष र ८ जना महिला गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो ।तीमध्ये नारायणी अस्पतालका ९ जना स्वास्थ्यकर्मी र १ जना एम्बुलेन्स चालक छन् ।यस्तै ३४ वर्षीय २ जना नेपाली सेनाका, २४ वर्षीय एकजना नेपाल प्रहरीमा पनि संक्रमण भेटिएको उपाध्यायले जानकारी दिए ।

बुधबार राती वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का ३ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ८ का २ जना , वडा नम्बर १ , २ , ३ , १५ , १६ र २३ का १÷१ जना तथा पर्साकै पटेर्वासुगौली ५ का ३ जना र जगरनाथपुर गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए ।

यसअघि बुधबार बिहान ३४ र साँझ १७ जनामा संक्रमण पुष्टि भएको थियो ।बधुबार एकैदिन पर्सामा ८४ जनामा संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए ।

योसँगै पर्सामा संक्रमितको संख्या ३ सय ५६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । (अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.