Daily Archives: 30/07/2020

८ करोड लगानीमा पोखराको सेती खोँचमा नयाँ बन्जी


 तनहुँ राइपुरका सन्तोष भट्टराई रोजगारीको सिलसिलामा सन् २००३ मा मलेसिया पुगे । त्यतिबेला एड्भेन्चर उनको सपना थिएन, थियो त केवल पैसा कमाउने अभिलासा । सन्तोषले रोलर कोस्टरमा काम पाए । त्यहीँबाट उनलाई एड्भेन्चरको ज्ञान र रुची बढ्यो । केही वर्षको मलेसिया बसाईपछि उनी मकाउ हानिए । भर्खरै एड्भेन्चरको भुत चढेको बेला उनले मकाउस्थित विश्वकै अग्लो बन्जी एजे हृयाकेटमा काम गर्ने अवसर पाए । बन्जी क्रुबाट काम सुरु गरेका उनी त्यहाँको बन्जी मास्टर मात्र बनेनन् । त्यही जागिरले उनलाई न्युजिल्यान्ड, चिन, सिङ्गापुर, जापानमा बन्जीमास्टरको रुपमा काम गर्ने र अझ सिक्ने मौका जुरायो । पढ्नेक्रम जारी राख्नुहोस्

पर्सामा सुरक्षाकर्मीसहित थप ३३ जनामा कोरोना, संक्रमितको संख्या ३ सय ५६ पुग्यो


क्रान्ति शाह
वीरगन्ज : पर्सामा बुधबार राती स्वास्थ्यकर्मी, प्रहरी, सेनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट (मेसु) मदन उपाध्यायका अनुसार बुधबार राती २५ जना पुरूष र ८ जना महिला गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो ।तीमध्ये नारायणी अस्पतालका ९ जना स्वास्थ्यकर्मी र १ जना एम्बुलेन्स चालक छन् ।यस्तै ३४ वर्षीय २ जना नेपाली सेनाका, २४ वर्षीय एकजना नेपाल प्रहरीमा पनि संक्रमण भेटिएको उपाध्यायले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारीमा साम्राज्ञी


साम्राज्ञी भन्छिन्– ‘मलाई अहिले पनि दुव्यर्वहार भइरहेको छ तर म डराउँदिनँ’
‘फिल्मबाट निकाल्न र मलाई फिल्म नलिन भन्दै मानिसहरु लागिरहेका छन्’
गोकर्ण गौतम
काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकार/निर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाइ छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्